मीनभवनमा ३ दिनमै लाइसेन्स ! पोखरामा कहिले ?
पाेखरा | पुस १३, २०८०
पाेखरा: यातायात व्यवस्था विभागले पुस १५ गतेदेखि ३ दिनमै सवारी इजाजतपत्र उपलब्ध गराउने भएको छ । तर यो सेवा भने सबै नागरिककालागि होइन ।
विभागले हालै जारी गरेको सूचना अनुसार विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) दिइनेछ ।
विशेष अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक तथा शान्तिसेना मिसनमा विदेश जाने नेपाली सेना र नेपाल प्रहरीलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने विभागले जनाएको हो ।
सूचना अनुसार लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आइतबारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ । ‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले भनेको छ ।
विभागले प्रदान गर्ने उक्त सेवा मीनभवन, काठमाण्डौंबाटमात्रै उपलब्ध हुनेछ । यद्यपि, यसका सेवाग्राही भने देशभर छन् ।
यातायात व्यवस्था कार्यालय, गण्डकीबाट उल्लेखित सेवा सुरु हुन किन सम्भव भएन ? भन्ने प्रश्नमा कार्यालय प्रमुख जीतेन्द्र केसी भन्छन् ‘हाललाई मीनभवनबाटमात्रै हो, पोखरा वा अन्य स्थानबाट तत्काल सम्भव छैन ।’
कार्यालयमा प्रविधिको उपलब्धता नभएकाकारण तीन दिनमै सेवा दिन नसकिने उनको भनाई छ । ‘भौतिक पूर्वाधार विकास मन्त्रालयले सफ्टवेयर र प्रिन्टर उपलब्ध गराइदिए हाताहाती लाइसेन्स दिन कुनै समस्या छैन’ प्रमुख केसीले भने ‘मेरो पहुँच पुग्ने व्यक्ति र निकायलाई आफुले बाराम्बार भनिरहेको छु, तर काम भएको छैन ।’
अध्ययन र मिसनमा जानेलाई उपलब्ध गराउन केही लाइसेन्सका कार्ड विभागले रिजर्बमा राखेको र सोही अनुसार उपलब्ध गराउँदै आएको उनको भनाई छ । मुलतः छपाईकै समस्याले हाल सेवाग्राही मर्कामा परेको स्वीकार्दै
उनले सरकारले पुस मसान्तभित्र प्रिन्टर खरिदको टेन्डर प्रक्रिया सक्ने र माघदेखि छपाई हुने जनाए ।
हाल चिट बोकेर सवारी चलाइरहेका चालकलाई छिट्टै लाइसेन्स दिने तयारी भइरहेको बताइए पनि २ वर्षयता सम्भव नहुने अनुमान छ । तर प्रमुख केसी भने सेवाग्राहीलाई आशावादी हुन आग्रह गर्दै भन्छन् ‘२ वर्ष लाग्दैन, वर्ष दिनभित्र कसो लाइसेन्स हात नलाग्ला, आशावादी बनौं, सरकार काम गर्दैछ ।’
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

